Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सुर्खेत दुर्घटना अपडेट: मृतक चौजनाको पहिचान खुल्यो (नामसहित)

सुर्खेत दुर्घटना अपडेट: मृतक चौजनाको पहिचान खुल्यो (नामसहित)

  • बिहिवार, जेठ १७ २०८१

  • 516
    SHARES

  • सुर्खेत दुर्घटना अपडेट: मृतक चौजनाको पहिचान खुल्यो (नामसहित)

    काठमाडौं । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाकै पहिचान खुलेको छ ।

    सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटनामा परेको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कालिकोटका नरी विक र नरेन्द्र विष्ट रहेका छन् ।

    मृत्यु हुनेमा कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो ।


    बिहिवार, जेठ १७ २०८१११:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij