Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा

कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा

  • बिहिवार, जेठ १७ २०८१

  • 478
    SHARES

  • कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा

    काठमाडौं । दोहोरो नागरिकताप्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको जानकारी दिनुभयो ।

    स्वास्थ्य समस्याका कारण उपचारका लागि काठमाण्डौ पठाइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको उहाँले बताउनुभयो ।

    सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गएको जेठ ८ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


    बिहिवार, जेठ १७ २०८१०६:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij