Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

तीन जना डीआईजीको सरुवा (सूचीसहित)

तीन जना डीआईजीको सरुवा (सूचीसहित)

  • बिहिवार, जेठ १७ २०८१

  • 366
    SHARES

  • तीन जना डीआईजीको सरुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरूको सरुवा भएको हो।

    रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका जोशीलाई प्रधान कार्यालयमै रहेको प्रदेश समन्वय विभिाग नक्सालमा सरुवा गरिएको छ।

    उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा काजमा खटाउने पनि भनिएको छ।

    यस्तै आचार्यलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट साइबर ब्यूरो भोटाहिटीमा तानिएको छ। उहाँलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा काजमा खटाउने समेत भनिएको छ।

    अर्जुन चन्द ठकुरीलाई साइबर ब्यूरोबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको प्रधान कार्यालयले जनाएको छ।

     

    ddfsfrfeqg_JunqP0c6wW.jpg

     


    बिहिवार, जेठ १७ २०८१०६:४१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij