काठमाडौं। मकवानपुरको भीमफेदीमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आज अपरान्ह भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दुर्घटनामा परी पहिचान नखुलेको एक पुरुष र एक बालिकाको मृत्यु भएको जानकारी दिनुभयो।
सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार पहिचान नखुलेको दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार उपचारका लागि पठाएको थियो।
घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको छ।