Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

दाङको चिसापानीमा बस दुर्घटना हुँदा २३ जना घाइते

दाङको चिसापानीमा बस दुर्घटना हुँदा २३ जना घाइते

  • बुधवार, जेठ १६ २०८१

  • 1.3K
    SHARES

  • दाङको चिसापानीमा बस दुर्घटना हुँदा २३ जना घाइते

    काठमाडौं। दाङमा बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा१ख ८३३ नम्बरको यात्रुवाहक बस गढवा गाउँपालिका–८ चिसापानीमा दुर्घटनामा परेको हो।

    बस ब्रेक फेल भएर दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ।

    घाइतेहरुको अवस्था समान्य रहेको र उनिहरुलाई उपचारका लागि लमही अस्पताल ल्याउने काम भइरहेको छ। प्रहरीले बस चालक ५५ वर्षीय जोखनप्रसाद चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको कार्कीले बताउनुभयो।


    बुधवार, जेठ १६ २०८१०३:१४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij