Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

छैटौँ राष्ट्रिय महिला अधिकार दिवस आज मनाइँदै

छैटौँ राष्ट्रिय महिला अधिकार दिवस आज मनाइँदै

  • बुधवार, जेठ १६ २०८१

  • 417
    SHARES

  • छैटौँ राष्ट्रिय महिला अधिकार दिवस आज मनाइँदै

    काठमाडौं । छैटौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। ‘हाम्रो अभियान: आत्मनिर्भर छोरीको सम्मान’ नाराका साथ दिवस मनाउन लागिएको हो।

    दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अहिले केही बेरमा स्टाफ कलेज जावालाखेल ललितपुरमा कार्यक्रम गर्दैछ। कार्यक्रममा राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट पाँच महिला उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्।

    २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा राष्ट्रिय महिला अधिकार दिवस मनाइन्छ।


    बुधवार, जेठ १६ २०८१०८:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij