Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गरिने

कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गरिने

  • मंगलवार, जेठ १५ २०८१

  • 481
    SHARES

  • कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गरिने

    काठमाडौं । सरकारले पाँच जिल्लामा कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्ने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट भाषणमा सो घोषणा गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तूरी मृग लगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिनेछ ।’ यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताउनुभयो ।

    मन्त्री पुनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


    मंगलवार, जेठ १५ २०८१०४:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij