भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा त्यसको फालीले शरीरमा चोट लागेका स्थानीय ५० वर्षीय कृष्णराम सुवालको मृत्यु हो ।
दुर्घटनामा घाइते सुवाललाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।