Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

  • सोमवार, जेठ १४ २०८१

  • 1.2K
    SHARES

  • आज यी चार प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा हाल स्थानीय वायुको प्रभाव र पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ।
     
    महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
     
    यस्तै देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
     
    आज दिउँसो बागमती, मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।
     
    कोशी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
     
    कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
     
    आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।


    सोमवार, जेठ १४ २०८१०६:४१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij