काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा स्काभेटर चालकको ज्यान गएको छ। सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५मा पर्ने तुइन खोला नजिक नाला खन्ने क्रममा पहिरो खस्दा आज बिहान अपरेटरको मृत्यु भएको हो।
पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुङ्गासहितको पहिरो खस्दा बर्दियाको गेडुवा गाउँपालिका–४ घर भएका ३८ वर्षीय मङ्गल चौधरी गम्भीर घाइते भएका थिए ।
चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो। पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेको प्रहरीले जनाएको छ।