Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा

  • शनिवार, जेठ १२ २०८१

  • 439
    SHARES

  • काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा

    काठमाडौँ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भएको छ ।

    हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

     


    शनिवार, जेठ १२ २०८१०६:२९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij