Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा पाल्पा दर्शन, ऐतिहासिक र दुर्लभ फोटोहरूको प्रदर्शनी

काठमाडौंमा पाल्पा दर्शन, ऐतिहासिक र दुर्लभ फोटोहरूको प्रदर्शनी

  • शुक्रवार, जेठ ११ २०८१

  • 506
    SHARES

  • काठमाडौंमा पाल्पा दर्शन, ऐतिहासिक र दुर्लभ फोटोहरूको प्रदर्शनी

    काठमाडौं । पाल्पाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा पाल्पा दर्शन कार्यक्रम सम्पन्न गरिएको छ । 

    काठमाडौंको नागपोखरी नजिकै रहेको होटेल अरन्यमा भएको कार्यक्रमको उद्घाटन मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले गर्नु भएको थियो । 
     
    Messenger_creation_be62948e-9df2-4c9e-9fc1-8e6f7295e772.jpeg
    कार्यक्रममा पूर्व मन्त्रीहरू एनपी साउद, सुरेन्द्रराज आचार्य, काँग्रेस सांसद डा. आरजु राणा देउवा, एकीकृत समाजवादीकी सांसद राज्यलक्ष्मी गहिरे, एमाले सांसद सुहाङ नेम्वाङ, काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, पोर्चुगलका लागि नेपालका राजदूत सनिल नेपाल, राष्ट्रपतिका पूर्व सल्लाहकार तथा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, एआईजी किरण बज्राचार्य, चर्चित कलाकार धिरेन शाक्यसहित विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
     
    Messenger_creation_58edf9b3-800a-41a3-988d-25b9dc523739.jpeg
    नेपाल दर्शन प्रा.लीको आयोजनामा भएको फोटो प्रदर्शन कार्यक्रममा सहभागीहरूले प्रदर्शनी स्थलमा राखिएका ऐतिहासिक तथा दुर्लभ तस्बिरहरूको रुचिपूर्वक अवलोकन गर्नु भएको थियो ।
     
    प्रदर्शनीमा पाल्पालाई मुख्य प्राथमिकता दिइएको भए पनि अन्य जिल्लाहरूका मुख्य मुख्य पर्यटकीय स्थलहरूको तस्बिर समेत प्रदेशगत रूपमा राखिएको थियो । 
     
    नेपाल दर्शनले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाल भ्रमणका लागि विभिन्न प्याकेजहरू सञ्चालन गर्दै आएको छ । हरेक शनिबार काठमाडौं उपत्यकाका सात प्रमुख सम्पदा स्थलहरूको भ्रमण गराउने नेपाल दर्शनको सम्पदा दर्शन कार्यक्रम निकै लोकप्रिय भएको यसका सञ्चालक सन्दीप रानाले बताउनु भयो ।
     
    उहाँका अनुसार सम्पदा दर्शनका लागि शनिबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म नेपाल दर्शनको आफ्नै पर्यटक बससहितको प्याकेज रहेको छ । साथै धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई पनि नेपाल दर्शनले विशेष प्राथमिकता दिने गरेको उहाँले बताउनु भयो ।


    शुक्रवार, जेठ ११ २०८१०८:५१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij