काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेपछि सबै उडान र अवतरण बन्द गरिएको छ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि ४५ मिनेटका लागी पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान अवतरण बन्द गरिएको हो ।
झाका अनुसार अहिले धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा परेको खाल्डो पुर्न विमानस्थलको मर्मत टोली धावनमार्गमा छ ।
झाका अनुसार अहिले काठमाडौं आइरहेका सबै वायुसेवा कम्पनीका जहाज आकाशै ‘होल्ड’ भएका छन्।