Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा, ११ बजे माइतिघरबाट आन्दोलन सुरु हुने

सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा, ११ बजे माइतिघरबाट आन्दोलन सुरु हुने

  • शुक्रवार, जेठ ११ २०८१

  • 581
    SHARES

  • सहकारी पीडितहरु आजदेखि फेरि आन्दोलनमा, ११ बजे माइतिघरबाट आन्दोलन सुरु हुने

    काडमाडौँ । सहकारी पीडित बचकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गर्न लागेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो ।

    महासंघका अध्यक्ष कुशलव केसीले आज जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिनुभयो । सरकारसँग विगतमा भएका कुनैपनि सम्झौता कार्यान्वयन नभएकोले सहकारी पीडितहरू तेस्रो चरणको आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ छ ।

    “माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। ¥याली गर्छौं। ¥यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं,’ उहाँले भन्नुभयो। अध्यक्ष केसी यसअघि पनि झण्डै तीन हप्ता आमरण अनसनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेका बेला सरकारले सम्झौता गरेको थियो ।

    सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो। नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

    आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र वर्तमान मन्त्री बलराम अधिकारीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो चरणको आन्दोलन गर्नु परेको उहाँले बताउनुभयो ।

    आफ्नो रकम पाउनु पर्ने बाहेक अरु केही माग आफूहरुको नरहेको र संगठनमा आवद्धता तथा जनसमर्थन बढ्दै गइरहेको पनि उहाँले जानकारी दिनुभयो । देशभरीका दर्जनौ सहकारीका हजारौ पिडितहरु आफ्नो संगठनमा आवद्ध रहेको र माग पुरा नहुदासम्म आन्दोलन झन चर्किदै जाने अध्यक्ष केसीले दावी गर्नुभयो ।


    शुक्रवार, जेठ ११ २०८१०७:५०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij