Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेको निर्वाचन क्षेत्रका बचतकर्ता पनि आन्दोलित

गृहमन्त्री लामिछानेको निर्वाचन क्षेत्रका बचतकर्ता पनि आन्दोलित

  • शुक्रवार, जेठ ११ २०८१

  • 318
    SHARES

  • गृहमन्त्री लामिछानेको निर्वाचन क्षेत्रका बचतकर्ता पनि आन्दोलित

    काठमाडौं । बचत फिर्ता नगरी बन्द भएका चितवनका तीन ठूला सहकारी साहारा बहुउद्देश्यीय, सनराइज बचत तथा ऋण र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आजदेखि चितवनको भरतपुरमा प्रदर्शन गर्ने भएका छन् ।

    बचत फिर्ता दिलाउनुको सट्टा सरकारले अपचलनमा दोषी देखिएकालाई जोगाउन खोजेको भन्दै उनीहरूले प्रदर्शनको तयारी गरेका हुन् ।

    जिल्लामा २० हजारभन्दा बढी बचतकर्ताको बिचल्ली हुँदासमेत सरकारले रकम हिनामिनामा संलग्नलाई कारबाही गर्न सक्रियता नदेखाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् । ‘हामीले रवि लामिछानेलाई पटकपटक भेटेका छौं, कुनै बेला उहाँले म सरकारमा छैन, समाउने जिम्मा सरकारको हो भन्नु हुन्थ्यो, अहिले उहाँ पनि सरकारमै हो, खै त समाएको ?,’ साहाराका बचतकर्ता विनोद आचार्यले प्रश्न गर्नुभयो ।

    गृहमन्त्री लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा मुख्यालय रहेको साहारा सहकारीबाट बचतकर्ताको १२ करोड रुपैयाँ लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया प्रालिमा गएको देखिएको छ । गोर्खा मिडियाका सञ्चालक ओखलढुंगा घर भएका जीबी राई साहारा सहकारीका संस्थापक हुन् ।

    मुख्य अभियुक्तलाई नवलपुर प्रहरीले समाते पनि चितवन प्रहरीले बेवास्ता गरेको पीडितको भनाइ छ ।


    शुक्रवार, जेठ ११ २०८१०७:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij