काठमाडौं। मुगुमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बाजुराबाट रारातर्फ जाँदै गरेको जीप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलटपमा दुर्घटनामा परेको हो।
आज बिहान बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीस्थित जनप्रकाश माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि रारा लैजाँदै गरेको ग १ज ८२४९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ९जना विद्यार्थी, २ शिक्षक र एकजना चालक घाइते भएका हुन्। उनिहरुको रातापानी प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
घाइतेहरूको अवस्था मध्यम रहेको र दुर्घटनाको अनुसन्धान पनि जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।