काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा उड्ने तयारीमा रहेको सीता एयरको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते हुनुभएको छ ।
आज नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारीमा रहेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते हुनुभएको हो ।