काठमाडौं। काभ्रेपलाञ्चोकमा एक दम्पती मृत फेला परेका छन्। जिल्लाको महाभारत गाउँपालिका–४ तीनखुट्टेमा ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा श्रीमान श्रीमती मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठकाअनुसार मृतक दम्पती आफ्नै घरमा मृत फेला परेका हुन्।
श्रेष्ठका अनुसार मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको श्रेष्ठले बताउनु भयो।