Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

तराई-मधेशमा बढेको गर्मीले जनवीजन प्रभावित

तराई-मधेशमा बढेको गर्मीले जनवीजन प्रभावित

  • बुधवार, जेठ ९ २०८१

  • 325
    SHARES

  • तराई-मधेशमा बढेको गर्मीले जनवीजन प्रभावित

    काठमाडौं । केहिदिन वर्षा भएर शीतल महसुस गरिए पनि अहिले गर्मी ह्वात्तै बढेको छ । विशेषगरी तराई-मधेशका जिल्लामा बढेको गर्मीले त्यहाँको जनवीजन नराम्रोसँग प्रभावित बनेको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्यत्र आंशिकदेखि साधारणतया बदली छ।

    दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

    कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


    बुधवार, जेठ ९ २०८१०६:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij