Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

दाङको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार

दाङको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार

  • मंगलवार, जेठ ८ २०८१

  • 790
    SHARES

  • दाङको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार

    काठमाडौं । दाङ देउखुरीको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ ।

    मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो ।

    उनको अवस्था गम्भीर छ । हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

    राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४ः३० बजे छातीको बायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घाइते भएका वडाध्यक्षलाई उपचारका लागि लमही अस्पतालमा पुर्‍याइएको छ । वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन ।


    मंगलवार, जेठ ८ २०८१०७:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij