Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेविसंघ पाल्पाद्वारा संगठन विस्तार प्रारम्भ

नेविसंघ पाल्पाद्वारा संगठन विस्तार प्रारम्भ

  • मंगलवार, जेठ ८ २०८१

  • 425
    SHARES

  • नेविसंघ पाल्पाद्वारा संगठन विस्तार प्रारम्भ

    पाल्पा । नेपाल विद्यार्थी संघ पाल्पाले संगठन विस्तार प्रारम्भ गरेको छ ।

    नेपाली काङ्ग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले राष्टिय झण्डा र पाटी सचिव एवम विद्यार्थी विभाग प्रमुख सुनिता अधिकारीले कलम र मसाल अंकित झण्डा नेपाल विद्यार्थीको संघको झण्डा विद्यार्थी नेताहरूलाई प्रदान गरि सँगठन विस्तारको अभियान प्रारम्भ गर्नुभएको हो ।

    झण्डा हस्तान्तरण गरि सँगठन विस्तारको प्रारम्भ गर्दै नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठले नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेस भातृ संगठन रहेको बताउनुभयो । लामो समय देखि सँगठन विस्तार हुन नसक्दा विद्यार्थी नेताहरूको उत्पादन हुन नसकेको बताउनुभयो । विगतको जस्तै सँगठनलाई मजबुत बनाउने गरि सँगठन विस्तार तिव्रता दिन सभापति श्रेष्ठले आग्रह गर्नुभयो । सँगठन विस्तारको क्रममा हरेक विद्यालय वा क्याम्पसमा नेपालको झण्डा हस्तान्तरण गर्न समेत निर्देशन दिएका छन ।

    नेपाल विद्यार्थी संघ पाल्पाको टिमले जिल्लाका सम्पुर्ण विद्यालयहरुमा नेपालको झण्डा वितरण अभियानको शुभारम्भ गरेको नेपाल विद्यार्थी संघ पाल्पाका सभापति दिपक अर्याल र स्वबियु सभापति नेता कृष्ण अर्यालले बताउनुभयो । राष्ट्रियतासँग सम्बन्धित गौरवपुर्ण यो अभियानसँगै जिल्ला भरि नै सँगठन विस्तारलाई अभियान प्रारम्भ भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास गैरेले बताउनुभयो ।


    मंगलवार, जेठ ८ २०८१०७:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij