Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

देशका धेरै स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका धेरै स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • सोमवार, जेठ ७ २०८१

  • 407
    SHARES

  • देशका धेरै स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसममा बदली आएको छ । हल्कादेखि मध्यम वर्षा पनि भएको छ ।

    हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

    देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    सोमवार, जेठ ७ २०८१०७:३५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij