काठमाडौं। नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले आज कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भू–भागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा भने मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै पछिल्ला केही दिनदेखी अधिकांश तराई भुभागमा बढेको गर्मी आज पनि कायम रहने छ। यसबाट बच्न आवश्यक सतर्क रहन पनि विभागले अनुरोध गरेको छ।