Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

मकवानपुरको बकैयामा सवारी दुर्घटना दुईजनाको मृत्यु

मकवानपुरको बकैयामा सवारी दुर्घटना दुईजनाको मृत्यु

  • शनिवार, जेठ ५ २०८१

  • 655
    SHARES

  • मकवानपुरको बकैयामा सवारी दुर्घटना दुईजनाको मृत्यु

    काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ,भने एकजना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो ।

    ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् ।

    उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।


    शनिवार, जेठ ५ २०८१०२:१०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij