काठमाडौं । तारकेश्वर नगरपालिका–९, मनमैजुमा एक प्रहरी जवान युवराज घिमिरे मृत अवस्था फेला पर्नुभएको छ ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शकांस्पद अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।
अस्ति बिहीवार ड्यूटी सकेर निस्किएका घिमिरे त्यसपछि कार्यालय आउनुभएको थिएन । खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्ने गरेको र मनमैजु के कति कारणले पुगेको भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।