काठमाडौं । देशभर घर्मी अत्यधिक बढेको छ । कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।