Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब बढीको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब बढीको कारोबार

  • बिहिवार, जेठ ३ २०८१

  • 731
    SHARES

  • नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब बढीको कारोबार
    काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा कायम भएको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ।  अघिल्लो दिन नेप्से ९.५४ अंकले घटेको थियो। सो दिन ३ अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
     
    यसदिन ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब  २३ करोड  ३८ लाख १६ हजार ४०३ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। हिमालयन लघुवित्त वित्तीय,जाल्पा सामुदायिक लघुवित्त वित्तीय र सृजनशील लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।
     
    स्वावलम्बन लघुवित्त वित्तीयको सेयर ९.९४ प्रतिशतले बढ्दा सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.६१ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको  ४३ करोड ९० लाम मूल्य बराबरको सेयर कारोबार भयो।
     
    दुईवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका  छन्। माइक्रोफाइनान्सको उपसूचक सर्वाधिक ३.८० प्रतिशतले बढ्यो।  आज कारोबारमा आएका कम्पनीमध्ये १०३ वटाको मूल्य बढ्दा १३९ को मूल्य घट्यो । ३ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।


    बिहिवार, जेठ ३ २०८१०३:४६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij