Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कबहीगोठमा भएको झडपबारे छानबिन गर्न समिति गठन

कबहीगोठमा भएको झडपबारे छानबिन गर्न समिति गठन

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 632
    SHARES

  • कबहीगोठमा भएको झडपबारे छानबिन गर्न समिति गठन

    बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवका संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक शोभाकान्त चौधरी सदस्य छन् । समितिलाई सत्य तथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनामा उल्लेख छ ।

    झडपमा परी तीन जना प्रहरी र एकजना १४ वर्षीय बालक घाइते भएका थिए । भारतबाट भन्सार छली गरी ल्याएको भन्दै प्रहरीले तीन वटा मोटरसाइकल र ७ बोरा प्याज कात्तिक १२ गते बरामद गरेको थियो । बरामद गरेको प्याज र प्याज बोक्न प्रयोग भएका तीन वटा मोटरसाइकल प्रहरीले इलाका प्रहरी कार्यालय कबहीमा राखेको थियो ।

    बरामद भएका मोटरसाइकल र प्याज लिन जिल्ला प्रहरी कार्यालयबाट गाडी गएको थियो। प्याज गाडीमा लोड गरेर राति ८ः१० बजे जिल्ला प्रहरी कार्यालय बारा ल्याउने क्रममा स्थानीयले गाडी रोकेर ढुंगामुढा गरेका थिए ।


    शुक्रवार, कार्तिक १४ २०७७०३:४४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij