Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

पाल्पामा बोलेरो जिप दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु

पाल्पामा बोलेरो जिप दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु

  • बिहिवार, जेठ ३ २०८१

  • 284
    SHARES

  • पाल्पामा बोलेरो जिप दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु

    काठमाडौं । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ।

    नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजिव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

    उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    यस्तै जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेको नवलपरासीको अस्पतालमा उपचार जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।


    बिहिवार, जेठ ३ २०८१०७:३७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij