Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियाली, यस्तो छ आजको कारोबार

सेयर बजारमा हरियाली, यस्तो छ आजको कारोबार

  • मंगलवार, जेठ १ २०८१

  • 455
    SHARES

  • सेयर बजारमा हरियाली, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज हरियाली छाएको छ। सरकारले आज बजेटको तयारी गर्दै गर्दा नेप्से सूचक २८ अंकमाथिले बढेर हरियाली छाएको हो। आज नेप्से सूचक २८.६२ अंकले बढ्दै २०२७.५१ अंकमा उक्लिएको छ।

    आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.६० अंकले बढ्दै ३६०.२६ अंकमा उक्लिएको छ। यस दिन ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ।

    आज १३ वटै उपसूचक धनात्मक हुँदा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। अन्य दर्जनौँ कम्पनीको मूल्य ८ प्रतिशत माथिले बढेको छ।


    मंगलवार, जेठ १ २०८१०३:३९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij