काठमाडौं। उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अहिले बहस जारी छ। दुई नम्बर इजलासमा रहेको सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो ।
आज अहिले सरकारी वकिलहरुले बहस गरिरहेका छन्। अहिले न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थाल्नु भएको छ। त्यसपछि बल्ल सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन् ।
उच्च अदालत स्रोतकाअनुसार मुद्दामा न्यायाधीशले कुनै आदेश नदिएको खण्डमा आज–भोलिमै फैसला आउन सक्नेछ ।