काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणको सुनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन्।विमानस्थल प्रहरीकाअनुसार पाँच किलो एकसय ग्राम सुनसहित दुई जना भारतिय नागरिक पक्राउ परेका हुन्।
गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशलाई सुनसहित पक्राउ गरेको हो। पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो।
सुरेशबाट कपडासहित २ किलो ६०० ग्राम र मोहनबाट कपडासहित २ किलो ५०० ग्राम सुन बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिनुभयो।
उनिहरु फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट हिजो बेलुका पौने ७ बजे काठमाडौंमा ओर्लिएका थिए। भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको एआईजी थापाले जानकारी दिनुभयो ।