काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा ११८० रुपैयाँ प्रतितोला रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।