Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको निधन

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको निधन

  • सोमवार, बैशाख ३१ २०८१

  • 2.1K
    SHARES

  • सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको निधन

    काठमाडौं। आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ। गत मार्चमा ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानमा पहिलो पटक सुँगुरको मिर्गौला सफल प्रत्यारोपण गरिएको थियो।

    म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच)ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्।

    यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए ।


    सोमवार, बैशाख ३१ २०८१०६:५६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij