Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः देशैभर बदली, यी प्रदेशमा हुनेछ मेघगर्जनसहित वर्षा

आजको मौसमः देशैभर बदली, यी प्रदेशमा हुनेछ मेघगर्जनसहित वर्षा

  • सोमवार, बैशाख ३१ २०८१

  • 1.2K
    SHARES

  • आजको मौसमः देशैभर बदली, यी प्रदेशमा हुनेछ मेघगर्जनसहित वर्षा

    काठमाडौं। नेपालमा आज देशभरको मौसममा बदली आउने भएको छ। यतिबेला नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। जसकारण आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै भोली पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।

    कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    सोमवार, बैशाख ३१ २०८१०६:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij