Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

  • आइतवार, बैशाख ३० २०८१

  • 494
    SHARES

  • देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौँ । पछिल्लो केहिदिन यता देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षाका कारण गर्मी कम भएको छ भने देशभरका जंगलमा लागेको डढेलो निभेको छ यस्तै वायु प्रदुषण पनि कम भएको छ । 


    आइतवार, बैशाख ३० २०८१०८:१७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij