काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

