काठमाडौं। रोजगाारीको सिलसिलामा भारतको नयाँ दिल्ली पुगेका नवलपरासी जिल्ला मध्यबिन्दु नगरपालिका– ६ निवासी २२ वर्षिय शिव महतो नयाँ दिल्लीबाट बेपत्ता भएका छन् ।
दिल्लीको रामनगर स्थित ऋषि गेस्ट हाउसमा काम सिक्ने सिलसिलामा पुगेका महतो विगत २ महिना अगाडीदेखि अचानक होटलबाट हिँडेको र होटलमा फर्की नआएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
दिल्लीमा काम गर्ने होटलमा पनि छोरा नगएको र घर पनि नफर्किएकोले खोज्न दिल्ली पुगेका महतोका पिता जुगुवाम थारुले छोरा खोजिदिन आग्रह गरेका छन् ।
दिल्ली पुगेर विभिन्न स्थानमा खोजेपनि छोरा नभेटिएपछि उनले भारत स्थित विभिन्न नेपाली संस्थाहरुलाई छोरा खोजिदिन आग्रह गरेका हुन ।
जुगुवामका अनुसार छोरा शिव एकोहोरो स्वाभाव भएको तथा मानसिक सन्तुलन अलिक कमजोर भएको बताउँदै हेल्प नेपाली मिसनको ९९७१४६७०६५ तथा नेपालको ९८४७२५३१५९ मा सम्पर्क गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।
