Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेपालबाट १० जना युवा युवतीलाई अमेरिका पठाउने भनी केन्यामा लगेर बन्धक, तीनजना पक्राउ

नेपालबाट १० जना युवा युवतीलाई अमेरिका पठाउने भनी केन्यामा लगेर बन्धक, तीनजना पक्राउ

  • शुक्रवार, बैशाख २८ २०८१

  • 527
    SHARES

  • नेपालबाट १० जना युवा युवतीलाई अमेरिका पठाउने भनी केन्यामा लगेर बन्धक, तीनजना पक्राउ

    काठमाडौं । नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका हुन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पा, १९ वर्षीय निमा शेर्पा र भोटेकोसी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा छन् ।

    उनीहरुले १० जनाबाट ५ करोड ५० लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताउनुभयो ।

    अरुण तामाङ सहितका १० जनालाई उनीहरूले केन्याको नैरोबी हुँदै जिम्मरमान भन्ने ठाउँमा पठाएर बन्धक बनाएका हुन् । त्यहाँ बिचौलियाहरूले दुई वटा फ्ल्याटमा पीडितहरूलाई ६ महिनासम्म राखेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिनुभयो ।


    शुक्रवार, बैशाख २८ २०८१०१:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij