Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना

आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना

  • शुक्रवार, बैशाख २८ २०८१

  • 406
    SHARES

  • आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । देशका अधिकांश स्थानमा केहिदिन देखि लगातार वर्षा भइरहेको छ । आज पनि बिहानैदेखि काठमाडौं उपत्यकासहितका आसपासका क्षेत्रमा वर्षा भएको छ ।

    पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहारको आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदली छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशसहित देशको पहाडी भूभागको केही स्थानमा शुक्रबार पनि मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     


    शुक्रवार, बैशाख २८ २०८१०६:५९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij