Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • बिहिवार, बैशाख २७ २०८१

  • 755
    SHARES

  • बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
    काठमाडौं । बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरुद्ध बिहीबार(आज) पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतबाट २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।
     
    बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
     
    त्यस्तै गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ लाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ ।
     
    वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रवीणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको ।
     
    केही दिनअघि नक्सालस्थित बाल संगठनको जग्गा अनियमिततामा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। बाल मन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ ।
     


    बिहिवार, बैशाख २७ २०८१०२:४३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij