Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सांसद भण्डारी गुल्मी आगलागी पीडितका घरआँगनमा, सहयोगका लागि पहल गर्ने

सांसद भण्डारी गुल्मी आगलागी पीडितका घरआँगनमा, सहयोगका लागि पहल गर्ने

  • बुधवार, बैशाख २६ २०८१

  • 544
    SHARES

  • सांसद भण्डारी गुल्मी आगलागी पीडितका घरआँगनमा, सहयोगका लागि पहल गर्ने

    गुल्मी। नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र १ का सांसद चन्द्र भण्डारी आगलागीबाट प्रभावित क्षेत्र गुल्मीका गाउँ– गाउँ पुगेर अवस्थाका बारे जानकारी लिइरहनु भएको छ। उहाँले अग्नि पीडितका घरआँगनमा पुगेर उहाँहरुलाई भेट्नुभएको छ।

    ‘आगोले घर जले पनि मन नजलाउनुहोस्, जिल्ला जलिरहँदा मेरो मन जल्यो, म आफै अस्वस्थ भएका कारण समयमै आउन सकिन, धैर्य रहनुहोस् हामी साथमा छौं’ भण्डारीले भेटवार्ताका क्रममा भन्नुभएको थियो ।

    उहाँले घरगोठ जलेर पीडामा रहेका जनतालाई सम्झाउँदै घर जले पनि मन नजलाउन आग्रह गर्नुभएको छ। सांसद भण्डारीले राजधानी फर्के पछि, अवस्थाका विषयमा कुरा उठाउने र सरकारलाई राहत पठाउन भन्ने जानकारी दिनुभएको छ।

    सांसदसंगै आगलागी प्रभावित क्षेत्र पग्नुभएका नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शरिरभरी सयौं, छालाका टाला र जलनका घाउँहरुको दुखाई सहदै जनताको पीडामा साथ दिन भण्डारी गाउँमा आएसँगै पीडितहरुको मनमा साहस पलाएको बताउनुभयो ।

    ‘गत बर्ष निवासमै ग्यास विस्फोट भएर,आमा गुमाएको पिडा र आफुले पाएको पुर्नजीवनका अनुभव संगाली रहेका सांसद भण्डारीको यो कार्य अत्यन्तै प्रशसंनिय रहेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।

    जलेर घाइते भई उपचारकै क्रममा रहेका भण्डारी अस्वस्थ अवस्थामा आगलागीबाट पीडितहरुलाई सान्त्वना दिर्दै सहयोगको पहल गर्न प्रभावित क्षेत्र पुग्नु भएको हो ।


    बुधवार, बैशाख २६ २०८१०१:२७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij