Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

  • बुधवार, बैशाख २६ २०८१

  • 291
    SHARES

  • आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

    काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो ।

    प्राधिकरणले आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर तीनजनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।

    यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो ।


    बुधवार, बैशाख २६ २०८१०८:३०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij