Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः आज यी प्रदेशमा हुनेछ वर्षा

आजको मौसमः आज यी प्रदेशमा हुनेछ वर्षा

  • मंगलवार, बैशाख २५ २०८१

  • 2.8K
    SHARES

  • आजको मौसमः आज यी प्रदेशमा हुनेछ वर्षा

    काठमाडौं। नेपालमा यतिबेला पश्चिमी वायुसँगै स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावले मौसममा बदली आएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली आएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

    भोली पनि देशभर आंशिकदेखि साधरणतया बदली रहि केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     


    मंगलवार, बैशाख २५ २०८१०६:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij