Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन सरकारसँग माग

जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन सरकारसँग माग

  • बिहिवार, कार्तिक १३ २०७७

  • 1.0K
    SHARES

  • जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन सरकारसँग माग

    काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ ।

    सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।

    सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालयको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताउनुभयो । महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उनले सबै सुझाव एकै पटक लागु गर्न सक्ने अवस्था नभए पनि बर्गीकरण गरी तत्कालिन र दीर्घकालीन रुपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।

    महासंघले दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य विमा र जीवनविमाको व्यवस्था गर्न पनि अग्रह गरेको छ । महासंघमा सदस्यता नविकरण भएसँगै स्वतः बिमा हुने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ । यसैगरी सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णयहरु पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ ।

    पत्रकार कल्याण कोषबाट यही आर्थिक वर्षदेखि लागु हुने गरी जेष्ठ पत्रकार जीजिकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ । विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने र स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिन पनि महासंघले आग्रह गरेको छ।


    बिहिवार, कार्तिक १३ २०७७०३:११:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij