Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरण अभियानको पक्ष : राष्ट्रपति पौडेल

प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरण अभियानको पक्ष : राष्ट्रपति पौडेल

  • सोमवार, बैशाख २४ २०८१

  • 377
    SHARES

  • प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरण अभियानको पक्ष : राष्ट्रपति पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनु भएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरणको अभियानको महत्त्वपूर्ण पक्ष भएको बताउनु भएको हो ।

    निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो।


    सोमवार, बैशाख २४ २०८११२:५१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij