काठमाडौं। प्रत्येक वर्ष अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५को नतिजा आज सार्वजनिक हुने भएको छ।नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत हिजो सो कुराको जानकारी दिएको हो।
आज (वैशाख २२ गते)राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ। यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।