Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

  • शुक्रवार, बैशाख २१ २०८१

  • 863
    SHARES

  • जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

    काठमाडौं । जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त हुनुभएको छ । हालै उपप्रधानमन्त्री स्तरको निर्णयबाट स्थापनाकालदेखीका संचालक समिति सदस्य रहेका राम भण्डारी संचालक समिति सदस्यमा नियुक्त हुनुभएको हो।

    उक्त अस्पतालको स्थापनाकालदेखि नै संस्थागत विकास र बिस्तारमा भण्डारीको अतूलनिय योगदान रहेको छ । यस अस्पताललाई तनहुँ जिल्लामा स्थापना गर्न तथा अस्पतालको लागी सात सय रोपनी भन्दा बढि जग्गाको ब्यवस्थापन गर्न उहाँले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो।

    उहाँले सेती गंगा सामुदायिक अस्पतालको भवन र त्यहाँका कर्मचारी ल्याएर १ सय बेडको अस्पताल संचालन गर्न समेत महत्वपुर्ण भूमिका खेल्नुभएको थियो । यसअघि पनि भण्डारीले अस्पतालको आर्थिक तथा पुर्वाधार समितिको संयोजक भई अस्पतालको मास्टरप्लान बनाउनुका साथै डिपिआरको कार्य समेत अगाडी बढाउनुभएको थियो ।

    तत्कालिन समयमा अस्पतालको जग्गा उपर जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा परेको मुद्दामा भण्डारीकै नेतृत्वमा अदालतवाट अस्पतालले सफलता प्राप्त गरेको थियो ।

    संयोजनकारी भूमिकामा अब्बल र हक्की स्वभावका भण्डारीलाई हालै नेपाल सरकारले बोर्ड अफ डाईरेक्टरमा नियुक्त गरेपछि अस्पताल को निर्माण तथा सेवा बिस्तार हुनेमा कर्मचारी एवं तनहुँवासीहरु आशावादी रहेका छन् ।

    अस्पतालको समितिको अध्यक्षमा स्वास्थ्य सेवाका १२ तहको कर्मचारी अध्यक्ष हुने ब्यवस्था रहेको छ भने तनहुँका प्रमुख जिल्ला अधिकारी ,अर्थ मन्त्रालयको प्रतिनिधि , स्वास्थ्य मन्त्रालयको प्रतिनिधि पदेन सदस्य रहने ब्यवस्था रहेको छ । सदस्य मध्ये चिकित्सक मध्येबाट एक जना, स्थानीय महिला र समाजसेवीबाट दुई जना सदस्य रहने ब्यवस्था रहेको छ । समितिको सदस्य सचिव कार्यकारी निर्देशक रहने ब्यवस्था रहेको छ ।

    नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको नाममा स्थापना भएको सो अस्पतालले विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सम्बन्धी उपचार सेवा दिइरहेको छ । अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोगमा क्षयरोग, निमोनिया, दम, फोक्सोको क्यान्सर सम्बन्धी रोगहरु समेत बिशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको फोक्सोको क्यान्सरबाट निधन भएकोमा आगामी दिनमा यस्तो समस्याबाट जनताले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले स्थापित यस उपचार केन्द्रलाई दक्षिण एसियाको अन्तराष्ट्रिय स्तरमा श्वासप्रश्वास उपचार केन्द्र बनाइने लक्ष्य सरकारको रहेको छ । अस्पतालले तनहुँ लमजुङ, गोर्खा, कास्की, स्याङ्जा लगायतका जिल्लाका विरामीहरुले सेवा पाएका छन् ।


    शुक्रवार, बैशाख २१ २०८१११:२६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij