Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

धादिङमा आगलागीमा परी एक दम्पतीको मृत्यु

धादिङमा आगलागीमा परी एक दम्पतीको मृत्यु

  • बिहिवार, बैशाख २० २०८१

  • 699
    SHARES

  • धादिङमा आगलागीमा परी एक दम्पतीको मृत्यु

    काठमाडौं। धादिङमा घर जल्दा दम्पतीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।

    बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उहाँकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

    गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।

    ‘दमकल जाने स्थिति पनि थिएन, राति साढे १२ बजे आगो निभ्यो, भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले भन्न्ुभयो ।


    बिहिवार, बैशाख २० २०८११२:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij