Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जंगलमा आगो लगाउनेलाई आजीवन जेल हाल्ने व्यवस्था गर्न रेसुङ्गाका मेयरको माग

जंगलमा आगो लगाउनेलाई आजीवन जेल हाल्ने व्यवस्था गर्न रेसुङ्गाका मेयरको माग

  • बिहिवार, बैशाख २० २०८१

  • 679
    SHARES

  • जंगलमा आगो लगाउनेलाई आजीवन जेल हाल्ने व्यवस्था गर्न रेसुङ्गाका मेयरको माग

    काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जंगलमा आगो लगाउनेहरुलाई आजिवन कारावासको व्यवस्था गर्न माग गर्नु भएको छ। जंगलमा आगलागी गराउने कार्य अरु अपराधभन्दा कैयौँ गुणा ठूलो अपराध भएकाले कानुन संशोधन गरेरै भएपनि आजिवन कारावासको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ।

    जाँउ हिंड रेसुङ्गा अभियानका लागि काठमाडौँमा रहनु भएका मेयर पन्थीले सञ्चारकर्मीहरुसँगको छलफलमा आफ्नो नगरपालिकाको पनि धेरै ठाउँमा आगलागी भइरहेको र नियन्त्रण गर्ने प्रयास सफल हुन नसकिरहेको बताउनु भयो ।

    उहाँले त्यस क्षेत्रमा आगजनी गरेको आशंका गरिएका दुई जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको र दोषीलाई कडा भन्दा कडा कारवाही गर्ने अठोट व्यक्त गर्नुभयो।

    मेयर पन्थीले भन्नुभयो,“आज मेरो नगरपालिकाको जंगल जलेको देखेर मेरो मन पनि दनदनी जलेको छ,आगलागी नियन्त्रणका लागि हामीले सबै प्रयास गरिरहेका छौँ, आमावुवा, दाजुभाई दिदि वहिनी सवैलाई संयम हुन र सतर्कता अपनाउनु आह्वान गर्दछु ।”

    उहाँले जंगलमा आगो लगाएर रमाउनेहरुलाई पुनर्जन्ममा पनि सुख नहुनेगरी पाप लाग्ने दावी गर्नुभयो। जंगलमा आगो लगाउनेहरुले मानवीय र प्राकृतिक संवेदनाको अवसान गर्न खोजेको उहाँको टिप्पणी छ।

    “धर्ती जलिरहेको छ, नागरिक पिडामा छन्, हामीले धेरै धनजन गुमाउनु परेको छ,प्रकृति नष्ट भइरहेको छ,यस्तो जघन्य अपराध गर्नेलाई कडाभन्दा कडा कारवाहीको सुनिश्चिता गर्नुपर्छ,” मेयर पन्थीले भन्नुभयो ।नेपाल अहिले जलवायु परिवर्तनको चपेटामा परिरहेका बेला आगलागीका घटनाले थप दीर्घकालीन असर पर्ने उहाँको भनाई छ ।


    बिहिवार, बैशाख २० २०८१०८:२१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij